लमजुङ, एमाले लमजुङको अध्यक्षमा जमिन्द्रमान घले विजयी भएका छन् । आइतबार सम्पन्न छैठौं जिल्ला अबिधेशनमा प्रतिद्वन्दी धनाञ्जय दवाडीलाई १० मतले पछाडि पार्दै घले अध्यक्षमा विजयी भएका हुन् । कूल ३ सय ८ मत मध्ये घलेले १ सय ५० मत प्राप्त गरेका छन् भने दवाडीले एक सय ४० मत प्राप्त गरेका छन् ।
विद्यार्थी जीवनबाटै राजनीति शुरु गरेका घले गाविस अध्यक्ष, इलाका सचिब, जिल्ला सदस्य हुदै कार्यालय सचिब र जिल्ला उपसचिब दुई कार्यकाल पुरा गरिसकेका छन् । त्यस्तै २०५४ सालमा जिल्ला विकास समिति लमजुङको सभापतिको जिम्मेबारी पनि सम्हालिसकेका घले विभिन्न सामाजिक संघसंस्थामा आवद्ध छन् ।
यसैगरि उपाध्यक्षमा गुमानसिह आर्याल विजयी भएका छन् । प्रतिद्वन्दी दिपा गुरुङलाई ७० मतले पछाडि पर्दै आर्याल उपाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै सचिबमा कृष्णप्रसाद अधिकारी र उपसचिबमा भीमबहादुर गुरुङ निर्वाचित भएका छन् ।
अधिवेशनको शुक्रबारे महासचिब इश्वर पोखरेलले उदघाटन गरेका थिए । आइतबार विहान निर्वाचन सकिएलगत्तै एमालेले विजय जुलुस तथा सभा आयोजना गरेको छ ।
Sunday, November 8, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment