Tuesday, November 10, 2009

राज्यमन्त्रीद्वारा प्रजिअ कुटिए

कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाद भण्डारीलाई उनकै कार्यकक्षमा हातपात गरेकी छिन् । प्रत्यक्षदर्शीका अनुसार दिउसो डेढ बजे करीब ४०/५० जनाको संख्यामा आफ्ना कार्यकर्ता तथा पति सलाउद्दिन मिया सहित प्रजिअको कार्यकक्षमा
प्रवेश गरेकी बेगमले 'को हो सिडिओ' भन्दै प्रजिअ भंडारीमाथि हातहात गरेकी थिईन् । आफूलाई पुरानो गाडी उपलब्ध गराएर हेपेको भन्दै राज्यमन्त्री बेगमले प्रजिअलाई गालामा चार थप्पड हिर्काएकी थिईन् ।

राज्यमन्त्री बेगमले हातपात गर्दा प्रजिअ भण्डारीको चश्मा समेत फुटेको छ । उनले प्रजिअमाथि जथाभावी गालीगलौज गरेको प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् । प्रजिअ भंडारीले बेगमले आफूसंग जिल्ला विकास समितिको कार्यालय पर्साको गाडी मागेकोमा उक्त गाडी उपलब्ध नभएपछि कृषि औजार अनुसन्धान कार्यालय वीरगंजको बा १ झ ८१३५ नम्बरको मित्सुबिसी गाडी पठाएकोमा उक्त गाडी थोत्रो भयो भन्दै आफूलाई दुव्र्यवहार गरेको बताए । 'हालै मात्र मर्मत सम्भार गरीएको उक्त गाडी थोत्रो छैन' उनले भने 'मैले मन्त्रि ज्यू बसेर कुरा गरौं भन्दा भन्दै पनि दुव्र्यवहार भयो' । 'वहा आउनु भन्दा केही समय अघि फोन गर्नु भयो म आउदै छु भनेर त्यसको केही बेरमै आउनु भयो, म स्वागतको लागि तयार हुदै थिए, मेरो कुरै नसुनेर एकै पटक हातपात गर्नु भयो' उनले कान्तिपुरलाई भने । 'यसरी प्रमुख जिल्ला अधिकारीलाई समेत कार्यकक्षमा दुव्र्यवहार हुन्छ भने कुन कार्यालयका कर्मचारी सुरक्षित हुन सक्छन्, कर्मचारीले कसरी काम गर्ने' प्रजिअले भने । प्रजिअ भंडारीलाई दुव्र्यवहार गरे पछि राज्यमन्त्री बेगम वीरगंजको छपकैयास्थित शैक्षिक तालिम केन्द्रमा शिक्षा बिभाग र युनिसेफ अंगाई एजुकेशनल पेजेज नामक संस्थाले संयुक्त रुपमा आयोजना गरेको छात्रा शिक्षा संजाल गठन अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्न पुगेकी थिईन् ।
उनले आफूले प्रमुख जिल्ला अधिकारी भंडारीलाई बाध्य भएर हात हालेको प्रतिक्रिया दिईन् । 'आज मात्रै नभई मैले धेरै पटक उनलाई फोन गर्दा उनले राम्रो रेस्पोन्स लिदैंनन, प्रायः जसो मोबाईलको स्वीच अफ हुन्छ, धेरै पटक क्वार्टरमा हुनु हुन्न भनि जवाफ दिन लगाए, कहिले हेटौंडामा छु, कहिले नारायघाटमा छु भनि झुटो बोल्छन्' उनले आरोप लगाईन् ।
'मेरो निर्वाचन क्षेत्रको शान्ति सुरक्षा तथा विकास निर्माण लगायतका गतिबिधि बारे उनीसंग छलफल गर्न मैले १० पटक सम्म उनलाई बोलाएको छु, तर उनी कहिल्यै मलाई भेटन आएनन्' उनले भनिन 'मलाई मात्र होईन् लक्ष्मणलाल कर्ण, रामचन्द्र कुशवाहा, सरोज यादब जस्ता मन्त्री र सभासदहरुलाई पनि सिडिओले कहिले गाडी उपलब्ध नगराउने, कहिले झण्डा नभएको गाडी पठाउने काम गर्दै आएकाले मैले बाध्य भएर त्यसो गरेकी हुँ' । गैर जिम्मेवारी, मनपरीतन्त्र गनर्ेे र नैतिकहीन प्रजिअलाई आफूले कारवाही गरेको उनको दाबि थियो ।
'मैले धेरै पटक उनलाई सम्झाउने प्रयास गरेकी हु तर उनले कहिल्यै राम्ररी बोलेनन, के गर्न सक्नु हुन्छ मेरो सरुवा गराई दिनुस् भन्दै उल्टै मलाई धम्की दिन्छन्' राज्यमन्त्री बेगमले भनिन 'मन्त्रीलाई नटेर्ने सिडओलाई यस्तै सजाय हुन्छ, मैले पाच पटक सम्म उनलाई चेतावनी दिएकी थिए' । सिडिओ जनता र राष्ट्रको सेवक भएकाले मन्त्रीको आदेश उनले मान्नुपर्ने बेगमले बताइन । सिडिओलाई कुटेपछि तपाईलाई आम नागरीकलाई जस्तै देशको कानुन अनुसार कारवाही हुनु पर्छ की पर्दैन भनि सोध्दा उनले भनिन 'म मन्त्री हुँ, पहिले मन्त्रीको आदेश नमान्ने सिडिओलाई कारवाही हुनु पर्छ, अनि मैले गल्ति गरेको छ कि छैन त्यो बहसको कुरो हुन्छ' ।
आफ्नो पार्टीले आफूलाई जे जस्तो कारवाही वा निर्देशन दिन्छ त्यो झेल्न आफू तयार रहेको बताउदै उनले सरकारी कर्मचारीले काम बन्द गरे भोली देखी वीरगंज बजारनै बन्द पनि हुन सक्ने बताईन् । उनका निजी सल्लाहकार बिपि यादबले आफूहरु मंगलबार बिहान राजधानीबाट सिमरा बिमानस्थलमा आईपुगेको बताए । 'हामीले राजधानीबाटै सिडिओलाई फोन गरेर गाडीको व्यवस्था गर्न भनेकोमा उनले झन्डा नभएको थोत्रो गाडी त्यो पनि झन्डै एक घंंटा ढिलो पठाएका थिए, मन्त्रीज्यू करीब एक घंटा कुरे पछि धेरै रिसाउनु भएको थियो, यो मन्त्रीको अपमान हो, मन्त्री आफ्नो गृह जिल्ला, त्यो पनि आफूले जितेको निर्वाचन क्षेत्रमा आउदा पनि प्रमुख जिल्ला अधिकारीले कुनै रेस्पोन्स नलिनु, पर्याप्त सुरक्षा व्यवस्था उपलब्ध नगराउनु कत्तिको ठिक होला' उनले भने ।
बेगम पर्सा क्षेत्र नं १ बाट संविधानसभाको निर्वाचनमा बिजयी भएकी हुन् । मधेशी जनअधिकार फोरमबाट राजनीति सुरु गरेकी उनी पछिल्लो समयमा बिजय कुमार गच्छेदार नेेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा आबद्ध भएकी छिन् । चार महिना अघि वीरगंजमा दुई फोरमबीच झडपको घटना भए पछि उनी थप चर्चामा आएकी हुन् ।
प्रमुख जिल्ला अधिकारी भंडारी उपर भएको दुव्र्यवहारको घटनाको बिरोधमा जिल्ला प्रशासन कार्यालय तथा जिल्लाका संपूर्ण सरकारी कार्यालयका कर्मचारीले अनिश्चितकालीन रुपमा काम बन्द गरेका छन् ।
Source:ekantipur

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors