Friday, November 6, 2009

माओबादी आन्दोलन, माओबादी द्वारा जारी प्रेस बक्तव्य

१. संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल, द्वारा नागरिक सर्वोच्चता लगायतका मागहरूलाई लिएर यही कार्तिक १५ गतेबाट शुरू गरिएको दोश्रो चरणको संघर्षको कार्यक्रम देशैभर लाखौं जनताको सहभागितामा शान्तिपूर्ण, अनुशासित र मर्यादित ढंगले अगाडि वढिरहेको छ । अहिलेसम्म देशव्यापी मसाल जुलुस, गाविस/नगरपालिका घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम शानदार रुपमा
सफल भएका छन् । यसका लागि हामी सम्पूर्ण सहभागी संगठनहरू, समर्थकहरू र आम जनसमुदायमा हार्दिक आभार व्यक्त गर्दछौं र संघर्षका वाँकी कार्यक्रमहरूमा अझै उत्साहपूर्ण र व्यापक ढंगले सहभागी हुने अपेक्षा गर्दछौं ।
२. संघर्षको विकास संगसंगै हामीले पूर्व घोषित कार्यक्रमहरुमध्ये केहीमा सामान्य संशोधन गर्नुपर्ने आवश्यकता महसूस गरेका छौं । सोही अनुरुप आगामी कार्तिक २३ गते निम्ति प्रस्तावित गरिएको स्वायत्त गणराज्यहरू घोषणा गर्ने कार्यक्रम हाललाई स्थगित गरिएको छ र उपयुक्त समयमा त्यसलाई पुन अगाडि ल्याइनेछ । त्यसरी नै कार्तिक २४ गते काठमाण्डौं उपत्यका नाकावन्दी गर्ने कार्यक्रम अन्तर्गत एअरपोर्टको आवागमन समेत रोक्ने कार्यक्रम रहेकोमा एअरपोर्टलाई सो दिन अवरुद्ध नगर्ने तर काठमाण्डौं उपत्यका वाहिर जाने आउने सडकमार्गहरु भने अवरूद्ध गर्ने निर्णय गरिएको छ । सोही अनुरुप त्यसदिन सडकमार्गबाट काठमाण्डौं उपत्यकाभित्र वाहिर नगर्न र सवारी साधनहरू नचलाउन सम्वन्धित सवैलाई हार्दिक आग्रह गर्दछौं ।
३. यो दोश्रो चरणको संघर्षको उत्कर्षको कार्यक्रम कार्तिक २६ र २७ गते सिंहदरवार घेराउ गर्ने भएकाले ती दुवै दिन लाखौंको संख्यामा सिंहदरवार वाहिर भेला भएर उत्सवमय तरिकाले घेराउ कार्यक्रम सफल पार्न हामी सम्पूर्ण न्यायप्रेमी र नागरिक सर्वोच्चता पक्षधर दिदीवहिनी तथा दाज्यूभाइहरुमा हार्दिक अपील गर्दछौं । साथै ती दुवै दिन सिंहदरवार प्रवेश नगरेर नागरिक सर्वोच्चताको वर्तमान अभियानलाई साथ दिन र सफल पार्न हामी सवै राष्ट्रसेवक कर्मचारीहरु र सम्वन्धित अन्य सवैलाई हार्दिक आग्रह गर्दछौं ।

२०६६/७/२०
……………………………..
बाबुराम भट्टराई
अध्यक्ष

संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल,

केन्द्रीय समिति

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors