सभापतिको अधिकारमा कटौति गर्दै नेपाली कांग्रेसको महासमिति बैठक बुधबार सकियो। नयाँ विधानमा ७५ प्रतिशत केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने २५ प्रतिशत केन्द्रीय सदस्य सभापतिबाट मनोनित हुनेछन्। ८७ सदस्यीय केन्द्रीय समितिमा यसअगाडि ५० प्रतिशत सदस्य सभापतिबाट मनोनित हुन्थे।
कांग्रेसका धेरै महासमिति सदस्य सबै केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् भने सभापति गिरिजाप्रसाद कोइराला भने सभापतिको अधिकार धेरै कटौति गर्न नहुने पक्षमा थिए। संशोधित विधानमा एक महामन्त्री र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने र उपसभापति, एक महामन्त्री र अर्का सहमहामन्त्री सभापतिबाट मनोनित हुनेछन्।
महासमिति बैठकको अन्तिम दिन कङ्ग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेलगायतका नेताहरु सभापतिको अधिकार कटौति गर्न सहमत भएका हुन्। पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटपछि उनीहरु कोइराला निवासमै बसेर सभापतिको अधिकार केही कटौति गर्न सहमति भएका हुन्।
कङ्ग्रेस केन्द्रीय समिति विधान संशोधनबारे टुङ्गोमा पुग्न नसकेको आरोप बैठकका सहभागीले लगाइरहेका बेला उनीहरु छुट्टै सहमतिको प्रस्ताव तयारीका लागि यसरी बसेका थिए।
महासमिति बैठकबाट विधान संशोधनबारे आएका राय, सुझाव समेटेर सभापतिको अधिकारमा कटौति गरिएको हो।
आइतबार राजधानीमा सुरु महासमिति बैठकमा राज्य पुनर्संरचना र नयाँ संविधानबारे धारणा पेश भएका थिए तर त्यसबारे कुनै छलफल भएको छैन। यस्तो महत्वपूर्ण विषयमा छलफल नभई विधान संशोधनमै बैठक अल्झिएको गुनासो बैठकका सहभागीले गर्दै आएका छन्।
प्रज्ञा प्रतिष्ठानमा भने सहभागीद्वारा बुधबार पनि दिनभर आफ्ना धारणा व्यक्त गरेका थिए।
Source: Nagariknews
Wednesday, November 4, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment