Tuesday, October 27, 2009

जलदेवी मन्दिरको तामाको गजुर चोरी

लमजुङको पुरानकोट दरवारस्थित जलदेवी मन्दिरमा रहेको तामाको गजुर चोरी भएको छ । करीब पाँचसय बर्षपुरानो मानिएको गजुर चोरेर लानुका साथै मन्दिरको ढोका र दरबारको पर्खालहरु भत्काएको चन्द्रेश्वर गाउँ विकास समिति वडा नं. ६ का स्थानीयवासिन्दा किरण न्यौपानेले जानकारी दिनुभयो ।
चोरीको सम्वन्धमा र दरवारको भग्नावशेष भत्काइएको सम्वन्धमा स्थानीय प्रशासनमा खवर गरिएको स्थानीयवासिन्दाले वताएकाछन् । मन्दिरको गजुर कहिले कस्ले चोरी गर्‍यो र दरबारको पर्खाल कस्ले भत्कायो भन्ने बारेमा भने अहिले सम्म थाह हुन सकेको छैन ।
स्रोत: इलम्जुन्ग 

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors