Monday, October 26, 2009

पर्यटकहरुको लाखौको धनमाल चोरी

२०६६ कार्तिक ९ - अन्नपूर्ण पदमार्ग घुम्न आएका विदेशी पर्यटकको लमजुङमा लाखौ रुपैया बराबरको धनमाल चोरी भएको छ ।

अमेरिकन नागरिक मागालेना डोकोटा, ओर्नाक ईवीस्जे र एरिक माईकल स्टोर्नको ५८ हजार नेपाली रुपैयाँ, थाई भाट दुईहजार, ईन्डोनिसियन डलर दुईहजार, डब्लूएसए डलर एकहजार, डिजिटल क्यामेरा एकथान, नर्थफेस ज्याकेट एकथान, चश्मा एक थान, हवाई टिकट दुईथान, ईस्टोरेफेन्ट फिल्टर एकथान लमजुङको जगतस्थित नर्थ फेस होटलवाट चोरी भएको हो ।

त्यस्तै लमजुङकै भुलभुलेको एभरेष्ट होटलवाट हल्याण्डका नागरिक टान्जा रोएलोफ सेन र माईकल भाना रक्स्ट को नेपाली ३५ हजार रुपैाया, एकसय ५० यूरो बराबर मुल्यको एउटा घडी, कालोरंगको ठूलो झोला एक थान, नीलो रंगको सानो झोला एकथान, डिजिटल क्यामेरा एकथान, ट्रेकिङ कपडा एकथान, क्रेडिट कार्ड, मेमोरी कार्ड तीनथान, चश्मा दुईथान लगायतका सामाग्री चोरी भएको प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।
साभार:कान्तिपुर

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors