Wednesday, October 21, 2009

सरकारमा पार्टीको नेतृत्व फेर्नेबारे काँग्रेसमा अनौपचारिक छलफल सुरु

काठमाडौ, २०६६ कार्तिक ४ - सभापति गिरिजाप्रसाद कोइरालाको एकल निर्णयमा सुजाता कोइराला उपप्रधानमन्त्री बनेपछि पार्टीतर्फबाट सरकारको नेतृत्व परिवर्तन गर्ने बारे काँग्रेसभित्र अनौपचारिक छलफल सुरुभएको छ ।

कार्यवाहक सभापति सुशील कोइराला, उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेल, उपनेता प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, प्रवक्ता अर्जुननरसिंह केसीलगायतको उपस्थितीमा बुधबार पटक/पटक यस विषयमा अनौपचारिक छलफल भएको थियो ।

छलफलमा उपप्रधानमन्त्री प्रकरणलाई निकास दिदै महासमिति बैठक भव्यताका साथ सम्पन्न गर्ने बिषयमा पनि छलफल केन्द्रीत रहेको एक केन्द्रीय सदस्यले कान्तिपुरलाई बताए । पार्टीभित्र मन्त्रिहरुलाई फिर्ता बोलाउन दबाव बढीरहेका बेलामा कस्तो निर्णय लिने भन्नेबारे छलफल भएपनि पार्टी कुनै निष्कर्षमा पुगेको छैन ।

पार्टी संस्थागत रुपमा चल्न खोजेका बेला सभापतिको पछिल्लो निर्णयले आम कार्यकर्तालाई निराशामा पुर्‍याएको बताउदै उपप्रधानमन्त्री प्रकरणमा केही न केही निर्णय लिएर अघि जानुपर्ने दबाव पदाधिकारीहरुमा परेको छ ।

सिधै मन्त्रिहरुलाई फिर्ता बोलाउँदा पनि सभापति र पदाधिकारी बीच द्वन्द्व सृजना हुने भन्दै केही सदस्यहरुले भने बीचमा रहेर निर्णय लिन सुझाव दिएका थिए । केहीले भने सभापतिबाट संस्थागत पद्दतीको उल्लघंन पटकपटक दोहरिएकाले मन्त्रिहरुलाई फिर्ता बोलाउन खुट्टा कमाउन नहुने सुझाव दिएका छन ।

विहान केन्द्रीय सदस्य चक्र बास्तोला र साँझ अर्का सदस्य रामशरण महतको निवासमा अनौपचारिक छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरु नरहरी आचार्य, पुर्णवहादुर खड्का, नारायण खड्का, चिरञ्जीवी वाग्लेलगायतको उपस्थित थियो । गत बुधबार केन्द्रीय समितिको बैठकमा यस बिषयमा चर्काचर्की परेको थियो । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति र पदाधिकारीसंग छलफल नगरी सभापतिले उपप्रधानमन्त्री बनाएको बिषय प्रवेश गराउन साथ सुजाता बैठकमा आक्रमक शैलीमा उपस्थित भएकी थिईन ।

दिउसो पार्टी कार्यालय सानेपामा महासमितिको तयारी बैठक बसेको थियो । तयारी समितिको बैठकमा बरिष्ट नेता शेरवहादुर देउवा, कार्यबाहक सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल, प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, प्रवक्ता अर्जुनरसिंह केसीलगायतका पदाधिकारी उपस्थित थिए ।

बैठकले महासमिति बैठक प्रज्ञा प्रतिष्ठानमा बस्ने गरी विभिन्न समिति, उपसमिति बनाउने निर्णय लिएको छ । महासमिति तयारीका लागि काठमाडौं कांग्रेस सभापति ध्यानगोविन्द रंजितको संयोजकोत्वमा समिति गठन भईसकेको छ । बैठकमा उपत्याकका कांग्रेस नेता,सभासदको पनि उपस्थित थियो ।

बैठकपछि पदाधिकारीसहितका करिव केही केन्द्रीय सदस्यको टोली रामशरण महतको निवासमा अनौपचारिक छलफलमा जुटेको थियो ।

सुजाता कोइरालाको 'उपप्रधानमन्त्री प्रकरण' पछि कांंग्रेस सरकारबाटनै बाहिरिनु पर्ने दबाव बढ्दै गएको छ । उपसभापति प्रकाशमान सिंहको विचारमा संस्थागत पद्दती विपरित सभापति गिरिजाप्रसाद कोइरालाको एक्लो चाहना पुरा गराउन प्रधानमन्त्री माधवकुमार नेपालले उपप्रधानमन्त्री बनाएपछि कांग्रेस अप्ठ्यारो मोडमा पुगेको मात्रै होइन, विरामी नै परेको छ । जसको उपचार भित्रभित्र खोजीभईरहेको उनले बताए ।

'यो विरामीबाट मुक्त गराउन एउटा संस्थागत निर्णय आउनै पर्ने भएको छ' उनले शुक्रबार राजधानीमा भएका अलगअलग कार्यक्रममा भनेका छन-'वीपी, सुर्वणशमसेर, गणेशमान र कृष्णप्रसादले पार्टीमा जुन मुल्य, मान्यता र संस्कार स्थापित गराए, सुजातालाई सरकारको नेतृत्वमा पठाउने र उपप्रधानमन्त्री बनाउने घटनाले त्यो मुल्यमाथि प्रहार गरेको छ ।'

पार्टीलाई 'व्यक्तीपुजा'मा नै फर्काउने प्रयास भएको छ । त्यो हुन नदिनपनि संस्थागत निर्णय गर्नुको विकल्प छैन ।'

वीपी, सुवेणशमसेर, गणेशमान र कृष्णप्रसादले लोकतान्त्रिक पद्दति र संस्कार भएको पार्टीको रुपमा गठन गरेका हुन । त्यो मुल्य र मान्यतामा माथि नै प्रहार भएको छ । एकदलिय र तदर्थबाद लादेर पार्टीलाई प्रजापरिषद जस्तेा बनाउन खोजिएको छ । त्यसबाट बचाउन आम कार्यकर्ताले साथ नदिने भने पार्टी कमजोर हुनेछ ।

प्रकाशमान सिंह
'सुजाता प्रकरणले पार्टीनै विरामी परेको छ, भित्रभित्रै त्यसको उपचार खोजी गरीरहेका छौ' उनले भने-'त्यस्तो उपचार ज्यो पार्टीलाई एकल निर्णय होइन, सामूहिक निर्णय र संस्थागत पद्दतितर्फ लान सहयोग पुर्‍याउँछ । पार्टी निणर्ायक मोडमा उभिएको छ ।

व्यक्तीपुजाले पार्टीअघि बढ्न सक्दैन । संस्थागत रुपमा पार्टीलाई अघि बढाउन सकेनौ भने पछिको पुस्ताले दुःख पाउछन । संस्थागत रुपमा लैजाने अभिायनमा गिरिजाप्रसाद कोईरालाको यो निर्णले निराशा बनाएको छ । निराशालाई आशा र उत्साहमा बदल्न पार्टी केन्द्रीय समितिले केही न केही निर्णय गर्नसक्नुपर्छ ।

सत्तारुढ गठन्धनको प्रमुख दल कांग्रेस आन्तरिक विवादको भूमरीमा फँसेको छ । संस्थागत निर्णय पद्दती विपरित सभापति गिरिजाप्रसाद कोइरालाको एक्लो चाहनामा सुजाता उपप्रधानमन्त्री बनेपछि विवादले नयाँ मोड लिएको हो । कांग्रेस केन्द्रीय समितिर आन्तरिक राजनीतिक एजेण्डा छाँयामा परेका छन । युवा नेता गगन थापाको विचारमा देशभरका कार्यकर्ता यो मुद्धालाई तिहारपछि हुने केन्द्रीय कार्यसमितिले कस्तो ढंगबाट निकास खोज्छ भन्ने प्रतिक्षामा छन् ।
सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउनु पर्ने दबाव पदाधिकारीहरुलाई परेको छ ।

नभएको भनेर पार्टी केन्द्रीय समितिमा 'प्रमुख मुद्दा' को रुपमा प्रवेश पाएको यो प्रवेश गरेको यो मुद्दाले कस्तो निकास खोज्ने हो भन्ने एकिन नभएपनि
'छलफल एकातिर हुन्छ, निर्णय अर्केतिर हुन्छ' भन्ने भनाईलाई कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पुनः शिद्ध गरेका छन-छोरी सुजातालाई उपप्रधानमन्त्रीमा बढुवा गरेर ।

ांग्रेसमा छलफल केन्द्रीय कार्यसमिति र संसदीय दलमा हुन्छ, तर निर्णय गिरिजाप्रसाद कोइराला निवासमा छैन । कार्यदल दीन लाग्दै भएको थियो ।

फिर्ता बोलाउन दबाव

एक बरिष्ट सदस्यका अनुसार केन्द्रीय कार्यसमितिका सामुन्य दुई विकल्प छन । पहिलो हो सरकारबाट मन्त्रिहरुलाई फिर्ता बोलाउने । दोस्रो आयन्दा सभापति वा कुनैपनि पदाधिकारीको निर्णय नभएर केन्द्रीय कार्यसमिति र संसदीय दलको निर्णयलाई मात्रै संस्थागत मान्ने । पहिलो विकल्पमा जान पदाधिकारीहरु तयार देखिएका छैनन । तर पार्टीका युवा पुस्ताहरु भने सरकारमा मन्त्रिहरुलाई प्रभावकारिता देखाउन नसकेको र संस्थागत पद्दतीलाई कुल्चेर मन्त्रिहरु बनाईएकाले फिर्ता बोलाउनु पर्ने माग बढेको छ ।

गोविन्दराज जोशी ।
यो घटनाले पार्टी कमजोर र बलियो भन्ने कुरा होइन । यसले उव्जाएको प्रश्न भनेको कांग्रेसको कार्यकारणी अधिकार कहाँ छ भन्ने प्रश्न महत्वपपुर्ण हो । कांग्रेसको कार्यकारणी अधिकार केन्द्रीय समितिमा छ, संसदीय दलमा छ वा सभापति संग छ यो घटनाबाट स्पष्ट पार्न सकियो भने पार्टी बलियो हुन्छ । तर पदाधिकारीहरुले खुट्टा कमाउन हुदैन । पदाधिकारीहरुले खुट्टा कमाए भने पार्टी कमजोर हुनेछ । खुट्टा कमाएनन भने पार्टी बलियो हुन्छ ।'

युवा नेता गगन थापा
कांग्रेस एउटा परिवार र परिवारभित्र जन्मेका सदस्य 'क' बर्गमा र अरु 'ख' बर्गमा बनाउन खोजिएको छ । आम कार्यकर्ताले पार्टीभित्र आफूलाई सार्वभौम भएको अनुभूति गर्न सकेन भने पार्टी कमजोर हुनेछ । केन्द्रीय समितिले बल र आँट गरोस कि सरकारका गएका मन्त्रीहरुलाई फिर्ता बोलाउने । देशभरका इमानदार कार्यकर्ताहरुले पार्टीलाई कसैको निजी कंपनी र विर्ताको रुपमा हेर्न चाहदैनन । अहिले कांग्रेसका लाखौलाख कार्यकता केन्द्रीय समितिले कस्तो निर्णय गर्छ भनेर हेर्न चाहन्छन । पार्टीसभापतिको एक्लो चाहनालाई केन्द्रीय समितिले लाचार र निरही भएर सह्यो भने र दोस्रो पुस्ताले पार्टीलाई संस्थागत बनाउन सुरु गरेको अभियानमा ठेस लाग्छ । कांग्रेस र कुनै ठेकदार र साहुमहाजनले चलाएको पार्टी होइन । तिहारपछि हुने कांग्रेसको निर्णयले पार्टीको आन्तरिक जीवन र शान्ति प्रकृयालाई अघि बढाउन सुदृढ कांग्रेस बनाउन सरकारबाट फिर्ता बोलाउने निर्णय लिनुपर्छ । नत्र बाहिर बोलेका प्रतिक्रियाले मात्रै कांग्रेसलाई संस्थागत पद्दतीमा अघि बढाउन सकिदैन ।

काठमाडौं-पार्टीको संस्थागत निर्णय विपरित सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएपछि प्रमुख गठबन्धन दल कांग्रेसबाटनै सरकारको स्थायीत्यको प्रश्न उव्जिएको छ । माधव नेपाल नेतृत्वको सरकार निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको कांग्रेसले सुजातालाई उपप्रधानमन्त्री बनाएपछि सरकारप्रतिको समर्थन फिर्ता लिने वा जारी राख्ने भन्ने बिषयमा बुधबार कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल गरिने भएको छ ।

पार्टी केन्द्रीय सदस्यहरुले पदाधिकारीहरुलाई सभापति गिरिजाप्रसाद कोइरालाको 'हुकुमी निणर्य' प्रति प्रतिक्रिया दिएर मात्रै छुट नपाउने भन्दै सरकारको प्रतिको दृष्टिकोण स्पष्ट पार्न दबाव दिएका छन । एक केन्द्रीय सदस्यका अनुसार सरकार बदल्ने खेलमा नलागेपनि भविष्यमा सरकारको प्रतिरक्षा नगर्ने निर्णय पार्टीले लिन सक्ने संकेत गरे ।

'सुजातालाई उपप्रधानमन्त्री बनाएको मुद्दाले तत्कालै सरकार विस्थापित हुने अवस्था नआएपनि प्रधानमन्त्रीलाई यसले अप्ठ्यारोमा पार्नेछ' ती सदस्यले भने-'पार्टी केन्द्रीय समिति र संसदीय दलमा विरोध हुदाहुदै प्रधानमन्त्रीले यस्तो निर्णय लिनु दुरभाग्यपुर्ण थियो, यसको प्रतिफल उनले पाउनेछन ।'

प्रधानमन्त्री नेपालले सभापति कोइरालाको दबावमा सोमबार सुजातालाई उपप्रधानमन्त्रीमा नियुक्ती गरेका थिए । नियुक्ती हुनु केही छिन अघि सम्म कार्यबाहक सभापति सुशिल कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेलले संस्थागत निर्णय विपरित गएर निर्णय नलिन प्रधानमन्त्रीलाई चेतावनी पनि दिएका थिए । प्रधानमन्त्रीले कोइरालाको दबावमा सुजातालाई उपप्रधानमन्त्री बनाएको प्रतिक्रिया दिएका छन ।

पार्टीबाट सरकारको नेतृत्वमा पठाउने निर्णयले जन्माएको विवाद सेलाउन नपाउदै उपप्रधानमन्त्री बनाउने निर्णयले कांग्रेसभित्र थप विवाद जन्माएको छ ।

कांग्रेस उपसभापति प्रकाशमान सिंहले उपप्रधानमन्त्री प्रकरणबारे बुधबारको केन्द्रीय कार्यसमितिमा छलफल हुने बताउदै लोकतन्त्रको नेतृत्व लिएर वकालत गर्ने पार्टीमानै यस्तो अप्रजातान्त्रिक निर्णय लागु हुनु दुरभाग्यपुर्ण अवस्था रहेको बताए ।

पार्टीलाई संस्थागत धारमा हिडाउने कदमबाट देशभरका कार्यकर्तामा उत्साह छाईरहेकै बेला यो घटनाले निराशामा पारेको उनले बताए । 'एकल निर्णयबाट संस्थागत रुपमा पार्टी अघि बढा यस्ता खचपच त आउँछन, तर पार्टी केन्द्रीय समिति र संसदीय दलले निर्णय गरेर प्रधानमन्त्री बनाएको माधवकुमार नेपालले विर्सेका छन, उनले थपे-'प्रधानमन्त्रीले संस्थागत निर्णयविपरित गएर जुन निर्णय लिएका छन, यसले उनलाई अप्ठ्यारोमा पार्नेछ ।'

केन्द्रीय कार्यसमितिले निर्णय गरेर सरकारको निरन्तरता र सुदृढीकरणमा कांग्रेसले बल पुर्‍याउदै आएको स्मरण गर्दै सिंहले भने-'केन्द्रीय कार्यसमितिमा यसबारे गम्भीर रुपमा छलफल हुन्छ । कस्तो निर्णय लिने भन्नेबारे छलफल कसरी उठ्छ भन्नेमा भर पर्ने उनले बताए ।

सुजातालाई उप्रधानमन्त्री बनाएको विरोध गर्दै युवा नेताहरु रामहरी खतिवाडा, सरिता प्रसाई, अशोक कार्कीले बुधबार विज्ञप्ती जारी गरी विरोध जनाएका छन । संस्थागत निर्णय विपरित निर्णय लिएकोमा प्रधानमन्त्री र पार्टीको भविष्यलाई भन्दा छोरीलाई महत्व दिएकोमा सभापति गिरिजाप्रसाद कोइराला प्रति उनीहरुले विरोध जनाएका छन ।

'गिरिजाप्रंसाद कोइरालाले उमेरका कारण संविधान निर्माण र शान्ति प्रकृयामा सवै दलको अभिभावकको भूमिकामा बस्नु पर्दथ्यो' खतिवाडाले भने-'तर उहाँ बाँचेको आभास सन्तानका लागि मात्रै देखियो, आम कार्यकर्ताले आभास गर्न पाएनन ।'

युवा नेता पुर्णवहादुर खडकाले कांग्रेस महाधिवेशन र महासमितिको तयारीमा लागिरहेको अवस्थामा यस्तो निर्णय आउनुले पार्टीका लागि ठुलो क्षती पुगेको बताउदै पार्टीभित्र नयाँ विवाद जन्माएको बताए । विहान संसदीय दलको कार्यसमितिको बैठकमा कुनै छलफल नहुनु र बेलुका एकाएक उपप्रधानमन्त्री बनेको खवर सुन्नु आश्चर्यजनक रहेको बताउदै खडकाले पदाधिकारीहरुले बाहिरी प्रतिक्रिया दिएर मात्रै नहुने बताए । 'सरकारप्रति पार्टीको स्पष्ट धारणा के हुन्छ संस्थात निर्णय गरेर अघि बढ्नुपर्छ, पत्रपत्रिकामा प्रतिक्रिया दिएर मात्रै हुदैन' खडकाले भने-'प्रधानमन्त्रीले विवाद छ भन्ने थाह पाउदापाउदै किन निर्णय गरे यो पनि आश्चर्यजनक छ ।'

यता उपप्रधानमन्त्री भएपछि सुजाताले मंगलबार पदबाहाली गर्दै शान्ति प्रकृया र संविधान निर्माण कार्यलाई अघि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताईन । मुलक संकटकालिन अवस्थामा गुजि्ररहेको बताउदै उनले सहकार्य र सहमतीका लागि उच्चस्तरीय संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिईन । 'गिरिजाबाबुले पनि यहिँ भन्नु भएको छ, उच्चस्तरीय राजनीतिक संयन्त्रले मात्रै प्रभावकारी निकास दिनसक्छ' उनले भनिन-'सहमतीका साथ म अघि बढ्नेछु ।'

कूलचन्द्र न्यौपाने,कान्तिपुर

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors