न्युयोर्क, माघ २८ (एजेन्सी) सर्च इन्जिनमा नेतृत्व लिइरहेको गुगलले आफ्नो पहिलो सामाजिक सञ्जाल (सोसल नेटवर्किङ) सार्वजनिक गरेको छ। इन्टरनेट बजारमा सबैभन्दा बलियो खेलाडी रहँदै आएको गुगलले जीमेल एकाउन्टबाटै सबैलाई आफ्नो सोसल नेटवर्कमा समेटन् सक्छ। हो, तपाईले आफ्नो जीमेल एकाउन्टबाटै यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ।
जीमेल एकाउन्टको बायाँतिर रहेको इनबक्स, सेन्टमेल, ड्राफ्टसँगै छिट्टै तपाईले गुगलबज देख्नुहुनेछ। यहीबाट तपाई सोसल नेटवर्किङको नयाँ सन्सारमा छिर्न सक्नुहुनेछ।
गुगलले अहिलेसम्म सर्च इन्जिन, जीमेल, युट्युव, व्लगलगायत सुविधा उपलव्ध गराउँदै आएको छ। अब यसमा सोसल नेटर्वकिङ समेटिएको हो। नेटवर्ककिङ साइटमा बर्चश्व राख्दै आएका फेसबुक, माइस्पेस, हाई फाइव लगायतका लागि गुगलवुज सबैभन्दा बलियो प्रतिस्पर्धी हुनेछ।
गुगलबुज सुरुकै दिनदेखि नेटवर्किङ साइटहरुका लागि कडा प्रतिस्पर्धी हुनुको एउटै कारण हो इन्टरनेट बजारमा गुगलको पहिलेदेखिको बलियो उपस्थिति। र, यो सोझै जीमेल एकाउन्टसँग जोडिएर आउँदैछ। छुट्टै फर्म भरेर नयाँ युजरनेम र पासवर्ड राख्ने झन्झट नहुने भएकाले यो साइट चलिरहेका नेटवर्किङ साइटभन्दा बलियो हुनसक्छ।
आइफोनका प्रयोगकर्ताले यसलाई सहजै चलाउन सक्छन्। यो नेटवर्किङ साइटलाई फेसबुकसँग तुलना गरिन्छ। फेसबुकमा जस्तै यसमा पनि आफूलाई लागेका कुरा (स्टाटस) लेख्न, तस्बिर, भिडियो र कमेन्टहरु लेख्ने सुविधा छ। ट्युटरमा जस्तै थोरै शब्दमात्र लेख्नुपर्ने बाध्यता यसमा छैन। त्यसले पनि यसलाई फेसबुकसँग तुलना गरिएको हो।
के छन् विशेषता?
जीमेलसँगै रहनु : जीमेल र नेटवर्किङ साइट दुवै एकै विन्डोजमा एउटै समयमा चल्न सक्छ। जीमेल चलाउने करोडौं मानिसहरुले यसको प्रयोग गर्न सक्छन्। तर, इमेलको सिरियसनेसमा रमाउनेले नेटवर्किङलाई नरुचाउन पनि सक्छन्।
अटोमेटिक फ्रेन्ड लिस्ट
जीमेलमा रहेका साथीहरु जोसँग यसका उपयोगकर्ताले लगातार इमेल र च्याट गर्छन्, उनीहरु यो नेटवर्किङ साइटमा स्वत समेटिन्छन्। यसमा साथीको साथी (फ्रेन्ड अफ फ्रेन्ड) अप्सन छ जसबाट ढुक्कसँग आफ्ना कुरा राख्न सकिन्छ। यसलाई गोपनियताको आधारमा नकारात्मक टिप्पणी गर्नेहरु पनि छन्।
तीब्र गति
गुगल बुजले अहिले नेटवर्किङ साइटले भोगिरहेको समस्यालाई विशेष ध्यान दिएको छ। मतलव, अपलोड गर्दा लाग्ने लामो र झन्झटिलो समयलाई यसले घटाएको छ। 'रियल टाइम'मा नेटवर्कमा अपलोड गर्न सकिने गुगलको दावी छ।
निजी र सार्वजनिक सेयरिङ
यसमा केहीले मात्र हेर्न सक्ने अथवा सबैले हेर्नसक्ने गरी आफ्ना कुरा राख्न सकिने व्यवस्था गरेको छ। केही सीमित साथीहरुले मात्र हेर्न सक्ने अथवा जोकसैले पनि हेर्न सक्ने भन्ने अप्सन यसको विशेषता हो।
मोबाइलमा बुज
मोबाइल सहजरुपमा सञ्चालन गर्न सकिने भएकाले यो नेटवर्किङ साइट बढी पयोगमा आउनसक्छ। आइफोनमा यो सहजै उपलव्ध छ भने जीमेलको वेबबाट यसलाई ब्राउज गर्न सकिन्छ।
Source: Nagariknews
Wednesday, February 10, 2010
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment