अमेरिकी सरकारले सन् २०११ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको अनलाइन आवेदन शुक्रबारदेखि सुरु गरेको छ । यो प्रक्रिया २००९ अक्टोवर २ देखि शुरु भएर २००९ डिसेम्वर १ मा सकिने जनाइएको छ। डीभी–२०११ अन्तर्गत ५०,००० मानिसलाई स्थायी बसोबास गर्नका लागि भिसा दिने अमेरिकी विदेश मन्त्रालयको योजना रहको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
सन् २०१० का चिठ्ठा विजेताहरूको अर्न्तवार्ता लिने क्रम अक्टोवर २१ देखि शुरु हुने दूतावासले जनाएको छ ।
डीभी कार्यक्रम संयुक्त राज्य अमेरिकामा जातिय विविधता बढाउनका निम्ति ल्याइएको कार्यक्रम हो। यस्ले त्यस्ता देशका नागरिकहरुलाई अमेरिकामा स्थायी बसोबास गर्ने भिसा दिन्छ जुन देशबाट थोरैले मात्र अमेरिकामा बसाईसराई गरेका छन्।
डाइभर्सिटी भिसाका लागि योग्यता :
१. डीभी चिठ्ठाको बिजेताको रूपमा छनौट हुँदैमा वा केन्टकी कन्सुलर सेन्टर (KCC) बाट दोस्रो पत्र आउँदैमा तपाईंको प्रवेशाज्ञा (भिसा) को ग्यारेन्टी हुदैन। अर्न्तवार्ताको क्रममा कन्सुलर अधिकारीले तपार्ईं अमेरिकी कानून अनुसार भिसाको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने कुराको निर्णय गर्नेछन्। त्यसै अनुसार तपाईंले भिसा पाउने वा नपाउने हुन्छ।
२. विजेताहरूसँग कम्तीमा १२ वर्षको औपचारिक शिक्षा वा सो सरहको अध्ययन हुनैपर्छ। नेपालमा, प्रवीणता प्रमाण–पत्र तह वा प्रवेशिका (एस.एल.सी.) पछि २ वर्षको अध्ययन सफलतापूर्वक पूरा गरेको, १० जोड २ अर्थात् १२ कक्षासम्मको शिक्षा पुरा गरेको (प्राज्ञिक वा व्यावसायिक),१२ वर्षको औपचारिक शिक्षाको मान्यता पाउन कलेज वा १०+२ शिक्षणसंस्थामा भर्ना भई अध्ययन गरेको हुनुपर्नेछ। अमेरिकी कानुनअनुसार प्राइभेट अध्ययनलाई औपचारिक शिक्षा मानिदैन।
३. CTEVT वा अन्य व्यावसायिक अध्ययनको हकमा यदि त्यस्तो डिग्री नेपालका कुनै पनि अध्ययनसंस्थामा कुनै पनि विषयमा थप औपचारिक शिक्षाका लागि मान्य हुनेखालको छ भने मात्र मान्यता दिइन्छ। कुनै निश्चित कार्यक्रममा मात्र भर्ना पाइने खालको डिग्री छ भने त्यस्तो व्यावसायिक डिग्रीलाई डीभी कार्यक्रमअन्तर्गत १२ वर्षको औपचारिक अध्ययन नमानिने अमेरिकी दूतावासले उल्लेख गरेको छ।
४. यदि डीभी विजेताको १२ वर्षको शिक्षा पूरा भएको छैन भने त्यस्ता व्यक्तिसँग अमेरिकी श्रम विभागले मान्यता दिइएको पेशामा कामको अनुभव हुनुपर्ने व्यवस्था छ। यस्ता प्रकारका प्रायजसो कामहरूको अनुभव अमेरिकी विश्वविद्यालयले दिने डिग्री सरहको हुनुपर्नेछ।
- तपाईंको कामको अनुभवले डीभी कार्यक्रममा मान्यता पाउँछ कि पाउँदैन भन्ने जानकारीका अमेरिकी श्रममन्त्रालयको वेबसाइट http://online.onetcenter.org मा पाइन्छ /
-कामको अनुभवको आधारमा मान्यता पाउन विगत पाँच वर्षभित्र कम्तीमा दुई वर्ष त्यस्तो काम गरेको हुनुपर्नेछ,
५. कामको अनुभवको आधारमा ज्यादै कम मानिस मात्र डीभीका लागि योग्य ठहरिन्छन्। यदि तपाईंसंग तोकिएको शैक्षिक वा कामको अनुभवका योग्यताहरु छैनन् भने तपाईं डीभी को लागि योग्य हुनुहुन्न र तपाईंले डीभी को लागि दरखास्त दिने प्रक्रिया अगाडि नबढाउनु भए हुन्छ।
६. यदि तपाईले आफ्नो श्रीमान्/श्रीमती र २१ वर्ष मूनिका अविवाहित बालबच्चाको पूर्ण विवरण शुरुमा अनलाइन डीभी चिठ्ठा फारम भर्दा उल्लेख गर्नुभएको छैन भने तपाईं डीभीको लागि अयोग्य ठहरिनु हुनेछ, यसको मतलब केन्टकी कन्सुलर सेन्टरबाट दोस्रो पत्र आएता पनि डीभी विजेताले भिसा नपाउने अमेरकी दूतावासले स्पष्ट पारेको छ। डीभी ठगको शिकार हुनबाट जोगिनुस्
७. अमेरिकी दूतावासले अन्तर्वार्ताको दिनभन्दा अगाडि कुनै पनि शुल्क तिर्नुपदैन। डीभीसम्बन्धी जानकारीका लागि कसैलाई पनि पैसा तिर्नु नपर्ने स्पष्ट पारेको छ । दूतावासका अनुसार अन्तर्वार्ताको दिन आवेदकले अमेरिकी राजदूतावासमा सीधै आफैले आवेदन शुल्क बुझाउनुपर्नेछ।
८. भिसाको लागि संयुक्त राज्य अमेरिकाको सरकारले कुनै पनि बाहिरी परामर्शदाता नियुक्त नगर्ने भन्दै दूतावासले कुनै पनि परामर्श सेवाहरू उपयोग नगर्न सुझाव दिएको छ ।
९. अमेरिकी विदेश मन्त्रालयको झैं देखिने केही ठग वेबसाइटहरु पनि रहेको पाइएको छ। केही कम्पनीहरुले अमेरिकी विदेश मन्त्रालयको अभिनय गरेर डीभी चिठ्ठा “पूर्णरुपमा” भर्ने भनेर पैसा माग्ने गरेको पाइन्छ। इलेक्ट्रोनिक डाइभर्सिटि भिसा इन्ट्री फारम डाउनलोड गर्न वा भर्न कुनै शुल्क लाग्दैन। अमेरिकीविदेश मन्त्रालयले सफल डीभी आवेदकहरूलाई हुलाकबाट पत्र पठाउँने गरेको दूतावासले जनाएको छ
Source: Abhimatpatra
Friday, October 2, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment