लमजुङ, असोज १८ गते । अन्तराष्ट्रिय विदेश प्रकृति संरक्षण संघले अत्यान्तै लोपुन्मुख श्रेणीमा राखेको बहुमुल्य जडिवुटी कुट्कीको अवैध रुपमा चोरी निकासी गर्ने क्रममा लमजुङको बन्सार गाविसस्थित हिलेवेसीमा पक्राउ परेका १४ जनालाई १५ दिनको प्रहरी हिरासतपछि आज आईतवार जिल्ला अदालत लगिएको छ । बाटोको म्यादबाहेक २४ घण्टामात्रै प्रहरी हिरासतमा राख्नुपर्ने कानुनी प्रावधान रहेपनि दशैँ विदाका कारण उनीहरुलाई यतिका समय राखिएको हो । पक्रेकै दिन घटस्थापना परेको र सोही दिनवाट नै अदालत बन्द भएकाले उनीहरुलाई यतिका दिन नियन्त्रणमा राख्नुपरेको लमजुङका प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिनुभएको छ ।
पक्राउ परेका गोरखा लाप्राक गाउँ विकास समिति वडा नं ६ का कान्छी गुरुङ, सुनिता गुरुङ, माया गुरुङ, मन कुमारी गुरुङ, प्रतिमा गुरुङ, आस्नी गुरुङ, अनार्ता गुरुङ, छल्ली गुरुङ, अनार्ता गुरुङ (सानी), पुर्नानी गुरुङ, वडा ९ का सुनी गुरुङ, वडा नं. ३ का उर्नी गुरुङ, वडा नं. १ का धन बहादुर गुरुङ र लमजुङ बन्सार गाउँ विकास समिति वडा नं. ५ हिलेवेसीका गमबहादुर घलेलाई असोज ४ गतेदेखि लागु हुनेगरि जिल्ला अदालत लमजुङले २२ दिनको म्याद थपेको छ । पर्ूर्वी लमजुङको बन्सार, ढोडेनी र फलेनी गाविसको उच्च लेकबाट अवैध रुपमा कुट्कीलाई संकलन गरि गोरखा लैजाने क्रममा प्रहरीले उनीहरुलाई पक्रेको थियो । पक्राउका क्रममा फरार उनीहरुका नाइके गोरखा लाप्राक गाविस वडा नं. ६ का तिजमान गुरुङ र ठेकेदार दीपक पाण्डेलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।
यता, एकीकृत नेकपा माओवादीका स्थानीय कार्यकर्ताले स्थानिय स्रोतसाधन माथि स्थानियवासिन्दाको अधिकार भएकाले यस मुद्धालाई आफैँले छिनोफानो गर्नुपर्ने वताउँदै आएकाछन् ।
प्रहरीले गोरखालीलाई पक्राउ गरेर कुट्कीलाई बरामद गरेपछि एकीकृत माओवादी जिल्ला सदस्य कृष्णकान्त पन्त र बसन्त भारती सहितको २०/२२ जनाको समुहले जडिबुटी आफूहरुले नियन्त्रणमा लिई कार्वाही गर्न पाउनु पर्ने भन्दै अबरोध गरेका थिए ।
Source:Elamjung
Sunday, October 4, 2009
Subscribe to:
Post Comments (Atom)
Besishahar in Photo
Map of Besishahar
Watch Video / Listen Music
Create a playlist at MixPod.com
No comments:
Post a Comment