Saturday, November 14, 2009

नोकिया अब सीडीएमएतिर

नोकियाले परम्परागत जिएसएम मोबाइल सेटसँगै सिडिएमएको नयाँ सेट उत्पादन सुरु गरेको छ। जिएसएममा मात्र पकड रहेको नोकियाको सिडिएमए सेटले गर्दा बजारमा बलियो अवस्था जमाउने भएको छ। नोकिया सुरुमा चिनिया बजारलाई लक्षित गरेर नोकिया १५०६ मोडलको नयाँ सेट सन् २००९ को डिसेम्बभत्र ल्याउने तयामा छ। त्यस्तै नोकिया ६३१६ र ३८०६ लाई भने सन् २०१० को
पहिलो त्रैमासिकभित्र ल्याउने घोषणा गरेको छ। 'नोकियाले जिएसएममा जस्तै सिडिएमएमा पनि बजारको माग बुझेर व्यापक उत्पादन गर्ने रणनीति लिएको छ,' नोकिया चाइनाका उपाध्यक्ष डेभिड टाङले भने। चीनमा अहिले जिएसएम भन्दा पनि सिडिएमए प्रविधिको नेटवर्क बढेको छ। यसले गर्दा मोबाइल सेटका उत्पादकहरुलई सिडिएमए तर्फलाग्न बाध्य बनाएको छ।चीनको मोबाइल कम्पनी चाइना टेलिकम अहिले सिडिएमए तर्फ बढ्ता केन्द्रित गरेको छ। नोकियाले यो वर्षको अन्त्यसम्म बजारमा ल्याउने तया गरिरहेको १५०६ मोडलको सेटमा मोबाइलमा हुनुपर्ने जिपिआरएस, शेयरबजार, वेव ब्राउजिङ लगायतका सुविधाहरु रहनेछन्। नोकियाले चीनमा बढो सिडिएमए फोनको बजारलाई ध्यान दिएर सिडिएमएको उत्पादन थालेको हो।
Source:Nagariknews

No comments:

Post a Comment

Besishahar in Photo

Tips for New bloggers

Map of Besishahar

Watch Video / Listen Music


MusicPlaylistRingtones
Create a playlist at MixPod.com

blogger web statistics
free counters

Total Visitors