
दिउँसोको समय बेलायती बालबालिकाहरु या त कुकुरहरुसंग खेलिरहेका हुन्छन् या त होम वर्क गरिरहेका हुन्छन् तर १० बर्षय जो पेमबर्टनले उनकी हजुरआमा मारियाना गोल्डललाई इन्टरनेटमा बेचिदिएकी छिन् ।
उनले इन्टरनेटमा किनबेच गरिने एउटा वेबसाइट इबे मार्पत आफ्नी हजुरआमालाई बेच्नलाई सूचिकृत गरेकी छिन् । सधै? गनगन र किचकिच गरिरहने हुनाले उनले इबेमा बेच्नका लागि सूचिकृत गरेको हुनसक्ने अनुमान गरिएको छ।
रमाइलो कुरा त के छ भने, यी गनगने बूढीको मोल एक पाउन्ड पनि छैन । ९९ पेन्समा आफ्नी हजुरआमालाई बेच्न राजी भएकी उनले इबेमा लेखेकी छिन्?- "मेरी हजुरआमा लाखौ?मा एक छिन् । उनी निकै झर्कोलाग्दी र गनगने बुढिया हुन् । मलाई थाहा छैन, यस्ती बूढियाका लागि तपाइहरु कति तिर्न राजी हुनुहुदो होला तर मलाई लाग्छ, ९९ पेन्स उति महगो नहोला ।"
जोले राखेको रकममा बोलकबोल बढ्दै जा?दा उनकी हजुरआमाको मोल २० हजार ५ सय ४१ पाउन्डसम्म पुगेको थियो । पछि यो कुरा चाल पाएपछि वेबसाइट सञ्चालक इबेले यो विज्ञापन आफ्नो वेबसाइटबाट हटाएको थियो । उसले यो विज्ञापन मार्फत मानव बेचविखनसम्बन्धी कानून प्रभावित भएको भन्दै विज्ञापन निकालेको हो ।
Source:NepalArab
No comments:
Post a Comment